फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन
आइतवार, असार ३१, २०७५

काठमाडाैँ । फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । अाइतबार साँझ भएको फाइनल खेलमा क्रोएसियालाइ ४–२ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

 फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो। यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको उपाधि जितेर नयाँ च्याम्पियन बन्ने लक्ष्य अधुरै रह्यो।

पहिलो हाफ २-१ ले फ्रान्सको पक्षमा सकिएको थियो। क्रोएसियाका खेलाडीले डीबक्समा ह्यान्ड गर्न पुगेपछि फ्रान्सले पेनाल्टी मार्फत अग्रता लिएको थियो। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पेनाल्टी मार्फत गर्दै खेललाई २-१ को अग्रतामा पुर्‍याए ।

आत्मघाती गोलमा पछि परेको क्रोएसियाले २८ औँ मिनेटमा बराबरी गरेको थियो । सुरुमा आत्मघाती गोल गरेर फ्रान्ससँग पछाडि परेको क्रोएसियाले इभान पेरिसिकको गोलमा बराबरी गरेको हो ।  खेलको २८औँ मिनेटमा पेरिसिकले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।