काठमाडौं । चिकित्सा शिक्षा विधेयक अघि नबढाउन माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि संसद अाधा घण्टाका लागि स्थगित भएको छ ।
काँग्रेस सांसद उठेर विरोध गरेपछि सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । उनले जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै वार्ताबाट समस्या समाधान गर्न सरकारसँग माग गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’