Wed Oct 5 2022
समाचार

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था अचानक थप जटिल

काठमाडौं । सेप्सिसको उच्च जोखिममा रहेका अनसनरत डा. गोवन्द केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ ।

रातको २ बजेआसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए ।

सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति एक सय २० को हाराहारीमा पुगेको चिकित्सकले जनाएको छन् ।

गए रातिबाटै डा. केसीको इसिजिमा एक्टोपिक बिट्सहरू देखिन थालेको छ । गतमा इलेक्ट्रोलाइट्सको घटबढ भएपछि मुटुको चालमा परिवर्तन भइ यस किसिमका एक्टोपिक बिट्स देखिने उपचारमा संलग्न चिकित्सक बताएका छन् ।

’यसरी मुटुको चाल परिवर्तन हुनु निकै खतराको संकेत हो,’ डा. धीरज गुरुङले भने, ‘यस किसिमका चाल आइरहेमा बिरामीको मुटु जुनकुनै वेला पनि बन्द हुन सक्छ ।’यो खबर आजको नयाँ पत्रिकामा छापीएको छ ।