Thu Oct 6 2022
समाचार

बेरोजगार र विपन्न युवासँग उठाईएको करिव तीन अर्ब मलेसिया र हङकङ पुगे

काठमाडौं । पछिल्लो चार बर्षमा बेरोजगार र विपन्न युवासँग उठाईएको करिव तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाईएको छ ।

तत्कालीन मलेसियन सरकारमा रहेका पहुँचवाला व्यक्तिसँगको सम्पर्कका आधारमा खडा गरिएका भिएलएन, बायोमेट्रिक, आईएससी र माईग्राम्स नामका संस्थाले विदेश जाने युवासँग रकम संकलन गरी मलेसिया र हङकङ पठाएका हुन् ।

सुरुका केही बर्ष मलेसियाको यएलटिआरए किराना एसडिएन बिएचडी कम्पनीका लागि हङकङ रकम पठाउने ती संस्था पछिल्ले दिनमा मलेसियामै रकम पठाउने गर्थे । यो खबर आजको नागरिक दैनिकमा उल्लेख छ ।