विश्वविजेता टाेलीलार्इ फ्रान्समा भव्य स्वागत (फोटो फिचर)

विश्वविजेता टाेलीलार्इ फ्रान्समा भव्य स्वागत (फोटो फिचर)
मङ्लबार, साउन १, २०७५

एजेन्सी– रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप च्याम्पियन बनेको फ्रान्स स्वदेश फर्किदा भव्य स्वागत गरिएको छ । रुसको मस्कोमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–२ ले हराएर २० वर्षपछि दोस्रो पटक विश्व विजेता बनेको फ्रान्सेली टोली सोमबार स्वदेशमा भव्य स्वागत गरिएको हो ।

विश्वकपको उपाधि जितेर आएको टोलीलाई पेरिसमा पाँच लाख भन्दा धेरै मानिसले स्वागत गरे । पेरिसमा विश्व विजेता टोलीलाई स्वागत गर्न जम्मा भएको लाखौँ मानिसले परेड गरे ।

सन् १९९८ मा आयोजक फ्रान्सले ब्राजिललाई हराएर पहिलो पटक विश्वकप उपाधि जितेको थियो । त्यो बेला पनि यस्तै सेलिब्रेसन भएको थियो । त्यो बेला टिमको कप्तान रहेका डिडिएर डेसच्याम्पस यो पटक प्रशिक्षक छन् ।