Sun Dec 4 2022
समाचार

सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

काठमाडौं – आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ ।

सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ । याे खबर आजको कारोबार दैनिकमा छ