Mon May 16 2022
मुख्य खबर

अाजदेखी कोटेश्वर–जगाती सडकमा सवारीका लागि छुट्टाछुट्टै लेन

काठमाडौं । आजदेखि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ। दुर्घटना न्यूनीकरणका लागि भन्दै बलमिच्याई रोक्न ट्राफिक प्रहरीले लेन नै छुट्याएको हो।

महानगरीय ट्राफिक महाशाखाका अनुसार पहिलो तथा बायाँतर्फको लेन मालबाहक गाडी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि छुट्याइएको छ।

आज दिनभर त्यससम्बन्धि जनचेतना कार्यक्रम लागू गर्न लागिएको छ। अर्काको लेनमा चलाउने सवारी साधनलाई कारबाही गरिने ट्राफिक महाशाखाले जनाएको छ।

ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएपछि यस्तो नियम लगाइएको हो।