नेदरल्यान्ड्स र एमसीसीसंग खेल्न १५ सदस्यीय क्रिकेट टोलीको घोषणा

नेदरल्यान्ड्स र एमसीसीसंग खेल्न १५ सदस्यीय क्रिकेट टोलीको घोषणा
बुधबार, साउन २, २०७५

काठमाडौं । पारस खड्काको कप्तानीमा नेदरल्यान्ड्स र एमसीसीसंग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

छनोट समितिले १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । टोलीमा सुवास खकुरेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

करिब ३ वर्षदेखि नेपाली टिम बाहिर रहेका सुवासले लामो समयपछि पुनरागमन गर्दै टिममा स्थान बनाएका हुन् ।

त्यस्तै, छनोट हुने अन्य खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।

त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

यही साउन १३ गते इंग्ल्यान्डको लड्र्समा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्सस“ग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्नेछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्सस“ग ऐतिहासिक एक दिवसीय सिरिज पनि खेल्नेछ । नेपाली क्रिकेट टिम भोलि इंग्ल्यान्ड प्रस्थान गर्नेछ ।