रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा आज एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । घटनामा थप तीनजना गम्भीर घाइते छन् ।
सिस्ने गाउँपालिकाको रुकुमबोटबाट सोही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दिउँसो २ बजेतिर सडकबाट करिब १०० तल खसेको प्रहरीले जानकारी दिएको छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन ।
वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।