Sun Dec 4 2022
समाचार

दोहोरो मारमा परेको भन्दै अटो-रिक्सा मजदूर आन्दोलित

चन्द्रकान्त जोशी
कञ्चनपुर । नगरपालिको कार्यशैलीप्रति विरोध जनाउँदै कञ्चनपुरका अटो व्यवसायी र मजदुर संगठनले नगरपालिका घेराउ गरेका छन् ।

अटो पार्कीङमा तथा आवतजावतमा चर्काे कर असुलेको भन्दै भिमदत्त नगरपालिकाका अटो व्यवसायी र मजदुर संगठनहरुले नगरपालिकामा धर्ना दिएका हुन् । विभिन्न वहानामा नगरपालिकाले अटो रिक्सा मजदूरसँग कर उठाएको व्यवसायीको आरोप छ । उनीहरुले नगरपालिकाले दोहोरो कर लाउन नहुने माग राखेका छन् ।

पार्कीङको पनी व्यवस्था गर्न नसकेको नगरपालिकाले वारम्वार मजदूरलाई दोहोरो मारमा पार्ने गरी कर लगाएको अटो व्यवसायी समीतिका सचिव राजेन्द्र सिहं धामीले आरोप लगाए । मजदुरको समस्या नगरपालिकाले नजिकबाट नियाली रहेको र छिट्टै समस्या समाधानको पहल थालिने भिमदत्त नगरपालिका उपप्रमुख शुसिला चन्दले बताउनुभयो ।