रुसी राष्ट्रपति पुटिनलाई ट्रम्पको निम्तो

रुसी राष्ट्रपति पुटिनलाई ट्रम्पको निम्तो
शुक्रबार, साउन ४, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

ट्रम्पले पुटिनलाई शरद ऋतुमा अमेरिका भ्रमणको निम्तो दिएको उहाँको प्रेस सचिवलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पुटिनको अमेरिकी भ्रमणका बारेमा यस अघि नै छलफल भएको प्रेस सचिवले बताएका छन् ।

यस अघि ट्रम्प र पुटिनबीच फिनल्याण्डमा दुई पक्षीय वार्ता भएको थियो । वार्तामा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा रुसले कुनै दख्खल नदिएको ट्रम्पले बताएका थिए । तर त्यसको भोलिपल्टै ट्रम्पले बोली फेर्दै रुसले केही दख्खल दिएको बताएका थिए ।