काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका छन् ।
शुक्रबार वरिष्ठ चिकित्सक केसीको महाराजगंजस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उनले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने दोहोर्याए ।
सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताकोतस्तै नआए मान्य नहुने चेतावनी दिए ।