Thu Oct 6 2022
मुख्य खबर

देशमा अस्थिरता ल्याउने षडयन्त्र भइरहेको गृहमन्त्री थापाको भनाई

पुरन शाह/धनुषा । गृहमन्त्री रामबहादुर थापाले देशले भर्खर पाएको स्थिर सरकारलाई कमजोर पारेर देशमा अस्थिरता ल्याउन षडयन्त्र भइरहेको बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरुस“ग गृहमन्त्री थापाले डा. गोविन्द केसी सहितका केहि विरोधका स्वरहरुलाई निहु“ बनाएर देशलाई पुनः अस्थिरता तर्फ धकेल्ने चेष्टा भइरहेको बताउनुभयो । आमरण अनसनरत डा. गोविन्द केसीको मांग पुरा गर्न सरकार सकारात्मक रहेकाले लोकतान्त्रिक तरिकाले डा. केसीको माग पूरा हुने बताउनुभयो ।

मन्त्री थापाले सरकारकै विधेयक ठिक रहेको संकेत गर्दै डा.गोविन्द केसीकै माग सम्बोधन गर्न सरकार चिकित्सा शिक्षा सम्बन्धि विधेयक संसदमा प्रस्तुत गर्न लागेको बताउनुभयो ।

भौतिक पुर्वाधार मन्त्रालयस“ग आफनो कुनै पनि मतभेद नरहेको बताउ“दै मन्त्री थापाले विकास निर्माणको काममा लापरवाही गर्ने ठेकेदारहरुलाई कारवाही गर्ने कुरा सरकारको नीति तथा कार्यक्रमै रहेकाले समेत कारवाही हुने र सरकार त्यसका लागि प्रतिवद्व रहेको बताउनुभयो ।