Tue Sep 27 2022
देश

आदित्यको अलौकिक प्रतिभा खोजीको विषयः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताउनुभएको छ ।  आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताउनुभयो ।

‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि बिशेष ध्यान दिनुपर्ने भन्दै उहाले अध्यामिक व्यक्ति मुलुककै लागी महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।  उहाँले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो ।

“आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि सरकार सहयोग गर्न तयार छ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले आधुनिक समाजमा बिज्ञानलाई पनि चूनौति दिने आत्यियको प्रतिभा अलौकिक भएको बताउनुभयो । आदित्य संरक्षण प्रतिष्ठानले प्रकाशन गरेको कलियुगको आदित्य ज्योतिपथ पुस्तकमा ‘गुगल ब्वाई’ आदित्यका गरेका कामका बारेमा उल्लेख गरिएको छ ।