Sun Dec 4 2022
समाचार

तरुण दलले आज देशभरका प्रशासन कार्यालय घेराउ गर्दै

काठमाडाैं । डा गोविन्द केसीको समर्थनमा माइतिघर मण्डलामा गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोधमा आज तरुण दलले देशभर प्रदर्शन गर्ने भएको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले दमन गरेको भन्दै आज ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने बताएको छ। तरुण दलका उपमहासचिव दिनेशविक्रम शाहले प्रहरी दमनको विरुद्ध चरणवद्ध आन्दोलन चर्काउनेसमेत चेतावनी दिए।

हिजोको प्रदर्शनमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएका थिए।