Thu Oct 6 2022
समाचार

विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको मृत्यु

काठमाडाैं । विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको आज विहान निधन भएको छ । हृदयघातका कारण ८२ वर्षकाे उमेरमा सिंहकाे निधन भएकाे हाे।

सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा आइतबार बिहान सवा तीन बजे बजे निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे हाे ।

उनका श्रीमति, तीन छोरा र एक छोरी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् । सिंहकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।