Thu May 26 2022
देश

राजनीतिक दलहरुबाट निबार्चन कानुनको उल्लघंन, डेढ दर्जन दलले खर्च बुझाएनन्

काठमाडौं । प्रतिनिधिसभा र प्रदेससभा चुनावमा भाग लिएका ४९ दलमध्ये १६ दलले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन कानून अनुसार चुनावको ३५ दिनभित्र आफ्नो दलले गरेको खर्च विवरण निर्वाचन आयोगमार्फत सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेपनि ३३ दलले मात्र खर्च बुझाएका हुन् ।

खर्च विवरण नबुझाउने दलको नाम भने आयोगले गोप्य राखेको छ । कानूनी प्रक्रिया पुरा गरेर उनिहरुको नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । त्यस्तै, प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणाली अन्र्तगत देशभरीबाट एक हजार ९ सय ४४ उम्मेद्वार रहेकामा एक हजार ७२ जना उम्मेद्वारले मात्र खर्च विवरण बुझाएका छन् । ८सय ७२ जना अहिलेसम्म आयोगको सम्पर्कमा आएका छैनन् ।

प्रदेससभा चुनावमा ३ हजार २ सय ३८ जना उम्मेद्वार रहेकोमा १६सय ९५ जनाले मात्र आफ्नो खर्च विवरण बुझाएका छन् । बांकि १५सय४३ जनाले कानूनको धज्जी उडाएका छन् ।

निर्वाचन आयोगमा हाल १सय २५ दल दर्ता छन् । जसमध्ये ८० राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिएका थिए । साथै, प्रतिनिधिसभा र प्रदेससभा चुनावमा भाग लिन ९१ दलले आयोगमा निवेदन दिएपनि ४९ दलले मात्र उम्मेद्वारको बन्दसूचि पेश गरेका थिए ।