२३ सदस्यीय यू–१५ महिला टोली घोषणा

२३ सदस्यीय यू–१५ महिला टोली घोषणा
सोमवार, साउन ७, २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा हुने यू–१५ महिला साफ च्याम्पियनसिपको लागि २३ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।

अगष्ट ९ देखि १८ तारिखसम्म भुटानको राजधानी थिम्पुमा हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समुहमा नेपालसँगै पाकिस्तान र बङ्गलादेश रहेका छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन छन् । यसैगरी गोलकिपरमा पूजा थापा, करिना धिमाल, सावित्री किसान रेहेका छन् भने डिफेन्टरा सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर, मनमाया परियार छन् ।

यसैगरी, मिडफिल्डरमा सबिता राना मगर, प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल छन् भने फरवार्डमा चन्द्रा भण्डारी, रजनी थोकर, निकिता थोकर,अनुष्का शेर्पालाई छनोट गरिएको छ ।