एजेन्सी– पाकिस्तानमा आगामी बुधबार आम निर्वाचन हुँदैछ । आम निर्वाचनको मिति नजिकिँदै जाँदा हित्सात्मक घटना पनि बढेका छन् । चुनावमा भाग लिएको एक उम्मेदवारको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएको जनाइएको छ । गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएका हुन् ।
आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन् । पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुँदैछ ।
चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जनाको ज्यान गइसकेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।