Sun Dec 4 2022
मुख्य खबर

पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस मनाइंदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइंदै छ ।
स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे ।
राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले जीवन विताएर राजनीतिक सन्देश दिएका थिए । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए ।

निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए ।पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।