Sun Dec 4 2022
फिचर

कानूनमन्त्री तामाङको जागिर चट्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।

उनले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची सर्टिफिकेट नपाउने आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिपछि सर्वत्र आलोचना भएसँगै मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन लगाएका थिए ।