Mon May 23 2022
समाचार

सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी सञ्चालन

मिना ढकाल
बुटवल । गएराती पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड आज बिहानदेखि एकतर्फि संचालनमा आएको छ । पाल्पा दोभान स्थित तिनाउ बाँध नजिकै गएराती पहिरो जाँदा रातीदेखि नै यातायात अवरुद्ध भएका थिए । सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र हजारौं यात्रुहरु अलपत्र परेका थिए ।
आज बिहानदेखि बुटवल र पाल्पा दुबैतर्फबाट डोजर प्रयोग गरि पहिरो पन्छाईएको हो । झण्डै १२ घण्टा पछि सडक खुलेको र यातायात सुचारु गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।