Sun Dec 4 2022
देश

जथाभावी खोलेका शिक्षण संस्थाका कारण समस्या– प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका पीडाको विषय भएको बताउनुभएको छ ।

बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको बताउनुभएको हो ।

उहाले शिक्षणा संस्थालाइ बेरोजगार उत्पादन केन्द्र बनाउन नहुनेमा समेत जोड दिनुभयो । सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उहाँले स्पष्ट गर्नुुभयो ।

उहाले नेपाललाई लामो समय गरिब बनाएर खाना लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्‍याएको भन्दै अव मुलुक समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ बिकासको बाटोमा अघि बढ्ने धारणा राख्नुभयो । नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेको उहाको भनाई छ ।