३० जना भन्दा बढी डा. केसी समर्थक प्रहरी नियन्त्रणमा

३० जना भन्दा बढी  डा. केसी समर्थक प्रहरी नियन्त्रणमा
बिहिबार, साउन १०, २०७५

काठमाडौ । डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म ¥याली निकाल्न खोजेका डाक्टर तथा विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पतालबाट सुरु भएको शान्तिपूर्ण ¥यालीलाई प्रहरीले मुल गेटमै रोकेर ३० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । सरकार डा. केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप टिचिङ अस्पतालबाट बालुवाटारसम्म ¥यालीको आयोजना गरिएको थियो । तर, प्रहरीले ¥याली गर्न नदिएपछि डाक्टर तथा विद्यार्थीहरु सडकमै बसेका थिए । त्यही क्रममा प्रहरीले डाक्टर तथा विद्यार्थीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले ट्रकमा राखेर प्रदर्शनी मार्गस्थित पुलिस क्लबमा लगेको थियो । गिरफ्तारमा परेपछि विद्यार्थीहरुले प्रहरी र सरकार विरुद्ध चर्का नारा लगाएका छन् । डाक्टर केसीको अनशनको २७ दिन पुग्दासम्म तोडिने सम्भावना अझै निश्चित भएको छैन् ।

दुई दिन अघि शुरु भएको बार्ता समेत अहिले अवरुद्ध भएको छ । चिकित्सकहरुले अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको बताउँदै आएका छन् ।