Sun Dec 4 2022
फिचर

अनसनरत डाक्टर केसीको मागमा सरकार र केसी पक्षबीच सहमति

काठमाडौ । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डाक्टर गोविन्द केसीले अघि सारेका मागमा सरकार र केसी पक्षबीच सहमति भएको छ ।

सिंहदरबारमा भएको वार्तामा दुवै टोलीका वार्ता समितिबीच केसीले उठाएका विषयमा सहमति भएको डा. केसीका तर्फबाट वार्तामा सहभागी अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्ता टोलीले यी कुरा अब डाक्टर केसीलाई जानकारी गराउनेछ । डा. केसीले असहमति नराखेमा आजै सहमतिपत्रमा हस्ताक्षर हुने र अनशन तोड्ने तयारी छ । त्यसमा केसीले थपघट गर्नुपर्ने भन्नुभयो भने फेरि वार्तामा बस्ने उहाँले बताउनुभयो ।

तीन दिनदेखि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सक्रियतामा सरकार र केसी पक्षबीच वार्ता अगाडि बढेको थियो ।

बिहिवार बिहान बालुवाटारमा केसी पक्षका चिकित्सक, प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेता, प्राध्यापक केदारभक्त माथेमासहित छलफल भएको थियो ।