Fri Oct 7 2022
फिचर

प्रधानन्यायाधीश जोशीको सुनुवाई सकियो, शुक्रबार निर्णय हुने

काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि सिफारिस कामु प्रधानन्यायधिश दीपकराज जोशीका बारेमा शुक्रबार निर्णय गर्ने भएको छ ।

बिहीबार भएको सुनुवाईका क्रममा आएका बिषयमाथि थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले शुक्रबार निर्णयमा पुगीने समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । जोशीले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने भएकाले शुक्रबार थप छलफल गरि निष्कर्षमा पुगीने उहाले जानकारी दिनुभयो ।

सिंहदरबारमा बिहीबार भएको जोशीको संसदीय सुनुवाईमा क्रममा सांसदहरुले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश भएको, एनसेल कर प्रकरणमा राजस्व नोक्सानी हुनेगरी अन्तरिम आदेश आएको, अदालतमा विचौलियाको बिगबिगी बढेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै उनीहरुले अदालतमा हुने भ्रष्टाचार , शैक्षिक प्रमाणपत्रका बिषयमा सञ्चारमाध्यममा आएका बिषयमा बारेमा पनि जोशीसंग प्रश्न गरेका थिए ।

जवाफमा कामु प्रधानन्यायाधीश जोशीले आफू निष्पक्ष र तटस्थ न्याय सम्पादनका लागि प्रतिबद्ध रहेको भन्दै अदालतमा विचाराधिन विषयमा भने प्रतिक्रिया नदिने बताउनुभयो । उहाले न्यायपालिकामा भ्रष्टाचार भेट्टाए कारबाही हुने बताउनुभयो । त्यस्तै उहाले आफ्नो प्रमाणपत्रबारे उठेको प्रश्नमा समितिका सभापति लक्ष्मणलाल कर्णलाई कागजात बुझाउँदै सञ्चारमाध्यममा आएका विषयवस्तुहरु सही नभएको प्रतिक्रिया दिनुभयो ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।