Fri May 27 2022
समाचार

ललितपुरमा पेट्रोलमा कालोबजारी

ललितपुर – टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ ।

११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ ।

यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ ।

मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन ।आजको कान्तिपुरको पृष्ठ ४ मा समाचार छ ।