त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु, २३ जना घाइते

त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु, २३ जना घाइते
शुक्रबार, साउन ११, २०७५

चितवन । चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते एक बच्चासहित अन्य केहीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परेका सबैको उद्धार गरिसकिएको राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।