आफनै काका बाट ७ वर्षिया भतिजिको बलात्कार, १३ वर्षिय युवतीको बलात्कारपछि हत्या

आफनै काका बाट ७ वर्षिया भतिजिको बलात्कार, १३ वर्षिय युवतीको बलात्कारपछि हत्या
शुक्रबार, साउन ११, २०७५

एम के/सप्तरी, चन्द्रकान्त/कञ्चनपुर । सप्तरीको कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई एक महिना देखी बलात्कार गरिरहेको रहस्य सार्वजनिक भएको छ ।

पटक पटकको बलात्कार पछि सिकिस्त विरामी परेकी पीडीत बालिकालाई अस्पताल भर्ना गराईएपछि बलात्कार भएको खुलासा भएको हो । पिडित बालिकाको बयान र आमाबुवाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफनै काका २५ वर्षिय गजेन्द्र साह सोनारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ ।

पिडीत पक्षको उजुरीको आधारमा पिडक विरुद्ध जबरजस्ती करणी हाडनाता उधोगमा मुदा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटना सार्वजनिक भए लगतै पिडक गजेन्द्र भने फरार छन् ।

यता, कञ्चनपुर मा १३ वर्षिय युवतीको बलात्कारपछि हत्या भएको छ । साथीको घर पढ्न जान्छु भनेर हिडेकी वर्ष १३ की निर्मला पन्तको शब भीनपा–१८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो ।

प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरीले जनाएको छ ।