Wed Oct 5 2022
देश

काँग्रेसमाथि प्रचण्ड र ओलीको हमला, आकार सानो भएपछि माइतीघरमा खुम्चिएको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै गएको कारण माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिले शनिबार काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्ेका कारण माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि नै त्यस ठाउँलाई प्रयोग गर्न जिद्दी गरेका टिप्पणी गर्नुभयो ।

उहाले माईतिघर मण्डलामा आन्दोलन गर्दा काग्रेसको दुईसय भन्दा बढि कार्यकर्ता अट्न नसक्ने टिप्पणी गर्नुभयो । माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुगेको र सो क्षेत्रमा दुर्घटनाको खतरा पनि उतिकै रहेको उहाको भनाई छ । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध भएको बताउनुभयो ।

त्यस्तै उहाले आगामी दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइने भन्दै धरहरा , रानीपोखरी लगाएत ऐतिहासिक स्थानको निर्माण कार्यले तिव्रता पाउने बताउनुभयो । आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण रहेको भन्द्र प्रधानमन्त्री ओलीले मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको धारणा पनि राख्नुभयो ।

त्यस्तै नेकपा अध्यक्ष पुष्प कमल दाहालले कम्युनिष्ट एकतालाई भाड्ने प्रयत्न भईरहेको भन्दै एक भएर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाले वर्तमान सरकारलाइ प्रतिक्रियावादीहरुले बिभिन्न आरोप र आलोचना गर्ने गरेको भन्दै सरकार मुलुकको बिकास र जनताको हितका लागी बढेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेकपा महासचिव बिष्णु पौडेलले मुलुकको बिकासका लागी हातेमालो गर्दे अघि बढ्न पार्टी निकट ट्रेड युनियनहरुलाई निर्देशन दिनुभएको थियो ।