Thu May 19 2022
फिचर

अाज र भाेलि भारी वर्षा हुने पूर्वानुमान, सचेत रहन अाग्रह

काठमाडौ । नेपाली आकासमा अझै केहि साता मनसुनी बायुको सक्रियता कायम रहने र मुलुकका बिभिन्न भागमा भारी बर्षा हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी बायुको प्रभाव कम नभएको र शनिवार रातिदेखि पुनः भारी वर्षा सुरु हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाले मनसुनी बायु तथा जलबाष्पयुक्त न्युनचापीय रेखा उत्तर पश्चिमतर्फ फैलिई रहेको जनाएको छ ।

महाशाखाका अनुसार मुलुकको पूर्र्वी तथा पश्चिमी भागमा जलबाष्पयुक्त हावाको प्रभाव अत्याधीक बिकास भई रहेको छ । यी क्षेत्रमा भिषण बर्षासंगै बाढी, पहिरो र डुवानको उच्च जोखीम रहेको छ ।

सामान्यतः जुलाई महिना नेपालमा मनसुन अधिक बर्षा हुने समय हो । तर पनि यो वर्ष मनसुन अवधिमा औषत भन्दा ५० प्रतिशत भन्दा कम वर्षा भएको महाशाखाले जनाएको छ ।