सरकारले जनतालाई कर को बोझ थपेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप

सरकारले जनतालाई कर को बोझ थपेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप
शनिबार, साउन १२, २०७५

पुरन साह/धनुषा । जनतालाई करको बोझ थपेकोले सरकारको भविश्यमा असर पार्ने प्रजातान्त्रिकका चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणाले संघीयताको आडमा नेपाली जनताको नाप्लोमा थेग्नै नसक्ने करको बोझ थपेको भन्दै यसले सरकारको भविश्य माथि नै असर पार्ने चेतावनी दिनुभएको छ ।

जनकपुरधाममा दुई नंवर प्रदेशका सवै जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिवको भेलामा अध्यक्ष राणाले दुई तिहाइ बहुमत सहितको वर्तमान सरकारले केन्द्र देखि स्थानीय तहमा समेत नागरिकलाई करको बोझ थपि रहेको भन्दै आक्रोश पोख्नुभयो ।

जन्म, मृत्यु, बसाईसराई, नाताप्रमाणित तथा नागरिकता सिफारिश जस्ता मामुली शिर्षकमा जथाभावी करको दर बढाएको र कर नीीत नसच्चिए नागरिक सरकार बिरुद्ध सडकमा उत्रने राणाको चेतावनी छ ।

चुनावको मुखमा राष्ट्रवादी शतिहरुका बीचमा बिभाजन आएको स्विकार्दै राणाले अव अर्को आवधीक चुनावमा राष्ट्रवादीहरु एउटै झण्डामुनी उभिने र निर्णायक शक्ति बन्ने दावी राणाको छ ।