निश्चल र स्वस्तिमा फूर्सदिला बनेपछि…

निश्चल र स्वस्तिमा फूर्सदिला बनेपछि…
आइतवार, साउन १३, २०७५

काठमाडौं । ठूलो पर्दामा लामो समयदेखि सफलता हात पार्दै आएका नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अहिले म्यूजिक भिडियमा देखिएका छन् । हातमा चलचित्र नभएपछि उनीहरु म्यूजिक भिडियमो देखिएको हुनसक्ने एकथरीको अनुमान छ भने अर्कोथरीले कलाकार भएपछि जुन क्षेत्रमा पनि उपयुक्त हुनपर्ने अर्कोथरीको तर्क छ ।

त्यसो त अहिले नेपाली नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज पनि नजिकिँदो छ । कलाकारहरु चलचित्रमा भन्दा पनि तीजका गीतमा व्यस्त बनेका छन् । तीजका गीतहरुको छायांकन पनि लगभग अन्तिम चरणमा पुगिसकेको छ । केही तीजका गीतहरुको छायांकन चलिरहेको भएपनि केही गीतहरुले भने बजार तताइसकेका छन् । यता केही गीतहरु भने सम्पादनको डेस्कमा छन् ।

‘नाच फिरिरि’ बोलको गीतको भिडियोमा रियल जोडी निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् । यो नै उनीहरुले अभियन गरेको सुम्भवतः पहिलो म्यूजिक भिडियो पनि हो । जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ ।

महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् । पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका छन् । भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन् । जिटुवान डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गित सार्वजनिक गरिएको हो ।