एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई जना अग्नी नियन्त्रक रहेका छन् । डढेलोमा परेर १७ जना बेपत्ता भएका छन् ।
भीषण डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । आगलागीबाट पाँच सय घर ध्वस्त भएको छन् ।
डढेलोसँगै तीब्र गतिमा आएको हावाहुरीका कारण थप क्षति भएको अधिकारीहरुले जनाएका छन् ।
गत सोमबार जंगल नजिक गुडिरहेको एउटा कारमा आगो लागेपछि जंगलमा डढेलो सल्किएको हो । आगो नियन्त्रणका लागि ३ हजार भन्दा बढी अग्नीनियन्त्रक खटिएका छन् ।
क्यालिफोर्नियामा यो डढेलो विगत १० वर्ष यता कै सबैभन्दा ठूलो मानिएको छ ।