Sat May 21 2022
देश

किशोरीको हत्यारालाई कारवाही गर्न सांसदहरुको माग

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति छानविन गरि दोषीलाई कारवाही गर्न सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् । केही दिन पहिले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो ।

बैठकमा सांसद डिला संग्रौला, सांसद दिलेन्द्र बडु लगायतले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकालाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरेका छन ।

बैठकमा नेकपा सांसद दिपक प्रकाश भट्टले बलात्कृतको लाशमाथि राजनीति भइरहेको आरोप लगाउनुभयो । परिवारजनलाई लाश बुझन नदिइएको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।

सांसदहरुले महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह समेत गरेका छन ।

सांसदहरु आवाज उठाएपछि सभामुख कृष्णबहादुर महराले घटनापछिको कार्बाही प्रक्रियाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ्ग गर्नुभएको छ ।