Tue Sep 27 2022
देश

सभामुख र उपसभामुखको विषयमा सदनभित्र प्रश्न नउठाउन सांसदहरुलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषयमा सदनभित्र प्रश्न नउठाउन सांसदहरुलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधीसभाको आइतवारको बैठकमा सभामुख महराले अदालतमा विचाराधिन बिषयमा सदनमा प्रश्न नउठाउन रुलिङ गर्नुभएको हो । संविधानको धारा १०५ मा कुनै पनि अदालतमा विचाराधीन मुद्धामाथि संसदमा छलफल गर्न नपाइने प्रावधान रहेको छ ।

यस विषयमा सर्वोच्च अदालतमा अधिवक्ता अच्युतप्रसाद खरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सभामुख महराले सांसदहरुले उठाउनुभएको विषय सम्मानित अदालतमा विचाराधिन रहेकाले न्याय निरुपणका विषयमा असर पर्ने विषयमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउनुभएको हो ।

त्यसअघि बैठकमा कांग्रेस सांसद लक्ष्मी परियारले संबिधान अनुसार नै एकै दलको व्यक्ति दुई पदमा रहन नसक्ने भन्दै सभामुख र उपसभामुखमध्य एक जनाले राजिनामा दिनुपर्ने बताउनुभयो । सभामुख उपसभामुखले पार्टि परित्याग गरेको भन्ने सन्दर्भमा परियारले पार्टी परित्याग गरेको भए संसद पनि नरहने टिप्पणी गर्नुभएको थियो ।

नेपालको संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनु पर्ने व्यवस्था छ । हाल सभामुख र उपसभामुख नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद छन् ।