Tue Sep 27 2022
समाचार

विमानका पाइलटले मदिरा सेवन गरेपछि उडान रद्द

काठमाडौँ । पाइलटले मदिरा सेवन गरेको पाइएपछि फ्लाई दुबईको उडान अवरुद्ध भएको छ ।

आज विहान ९ बजेर ४० मिनेटमा दूबई उड्न लागेको जहाजका पाइलटको स्वास्थ्य परिक्षण गर्न फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना अनुरोध आएपछि स्वास्थ्य जाँच गरिएको थियो ।

त्यस क्रममा दुईजना पाइलट मध्य एकजनाले मदिरा सेवन गरेको परिक्षण रिपोर्टमा भेटिएको थियो । विमान भने दुवइबाट अर्का पाइलट आएपछि आइतबार नै उडाइनेछ ।