साली कस्को भेनाको ?

साली कस्को भेनाको ?
सोमवार, साउन १४, २०७५

काठमाडौं । चललचित्र ‘साली कस्को भेनाको’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘ढल ढल’बोलको सार्वजनिक गीतमा विल्सन विक्रम राई र रजनी गुरुङको केमेस्ट्री मिलेको छ भने बिरेन श्रेष्ठ र सुष्मा कार्कीको जोडीलाई पनि फिचरिंग गरिएको छ ।

लोकलयमा तयार पारिएको सार्वजनिक गीतमा राजेश पायल राई र मेलिना राई स्वर रहेको छ । पुष्प आचार्यको शब्द रहेको गीतमा प्रसाद श्रेष्ठको संगीत रहेको छ । चितवनको नारायणी नदि किनार आसपासमा छायांकन गरेको यस गीतलाई बसन्त श्रेष्ठ निकै उत्कृस्ट तरिकाले कोरियोग्राफी गरेका छन् ।

भाद्र २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साली कस्को भेनाको’मा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट),देब सागर बि.सी, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ । मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेना प्रसाद श्रेष्ठको प्रस्तुतीमा राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो, काजी मन श्रेष्ठ ‘बिशाल’, कमला भट्टराई र मुक्ति अधिकारीको मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा पुष्प आचार्यको कथा रहको छ भने प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ । दीर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहको छ ।