‘मिस्टर भर्जिन’मा मरिश्का माग्दै ‘टेन थाउजेन्ट पर पर्सन’ !

‘मिस्टर भर्जिन’मा मरिश्का माग्दै ‘टेन थाउजेन्ट पर पर्सन’ !
सोमवार, साउन १४, २०७५

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मरिश्का पोखरेल स्टारर कमेडी फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडी संवादले भरिएको छ ।

तीन भर्जिन युवाको कथा बोल्ने फिल्मको ट्रेलरमा राजधानीको ठमेलमा फस्टाएको यौन व्यवसायलाई पनि देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्री पोखरेलले भूमिका पनि यस्तै रहेको ट्रेलरबाट बुझिएको छ । उनले ट्रेलरकाे एक संवादमा भनेकी छिन्- ‘टेन थाउजेन्ट पर पर्सन ।’

गौरवसँगै विजय बराल र कमलमणी नेपाल उनको पछि परेका छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलरसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको हो । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।

यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् । यो फिल्म भाद्र १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो मितिलाई निर्माण टिमले ‘स्वर्गद्वार जाने दिन’ भन्दै प्रचार गरिरहेको छ । यसैबीच चलचित्र निर्माण युनिटले ट्रेलरको प्यारोडी बनाउने उत्कृष्ट तीन जनालाई पनि पुरस्कार दिने घोषणा गरेको छ ।

चलचित्रले तीन युवाको यौन मनोविज्ञानलाई विशेष तरिकाले दर्शकमाझ पस्कने जमर्को गरेको देखिएको छ । चलचित्रकी अभिनेत्री मरिश्का भने यो चलचित्रबाट बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । उनको भूमिका पनि नितान्त फरक पाउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा नायिका छुल्ठिम गुरुङले पनि एउटा आइटम गीतमामा डान्स गरेकी छिन् ।