प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे ठोस निष्कर्षमा पुग्न नसकेपछि संसदीय सुनुवाइ समितिको बैठक फेरि पनि सरेको छ ।
समितिको अर्को बैठक १६ गते डाकिएको छ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको प्रमाणपत्रबारे विवाद आएपछि समितिले निर्णय लिन सकेको छैन । जोशीको सुनुवाई भने गत बिहीबार नै सम्पन्न भैसकेको छ । थप छलफल आवश्यक रहेको भन्दै सुनुवाई समितिको बैठक तेस्रोपटक सरेको हो ।
सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ ।
शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि पहिलोपटक सरेको बैठक आज बसेको बैठक फेरी १६ गते बस्नेगरी स्थगित भएको हो ।
लत ज्भचभ‘