Thu May 19 2022
देश

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महतोको भनाई

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पार्नुभएको छ ।

वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने उहाँले बताउनुभयो । काठमाडौंमा सम्पन्न साक्षात्कारमा महतोले वर्तमान सरकार दुई तिहाईको भएको भन्दै अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।

नेता महतोले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबारे कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तामाथी लगाईएको मुद्दा फिर्ता, बन्दी रिहाई गराउन पनि आफूहरुले दवाब दिएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले पार्टीको महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयन गरिने भन्दै संगठनात्मक संरचनापनि सहमतिमै टुँगो लगाउने दाबी गर्नुभयो ।