Mon Oct 3 2022
समाचार

जब दिसाबाट निस्कियो सुनको सिक्री !

ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ ।

कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनस्याम श्रेष्ठले बताए ।

विराटनगर महानगरपालिका ९ जलजला चोकको राठी ज्वेलसरीबाट ११ साउन साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।