दीपक र दीपाको जोडी ‘पहिलो नम्बरमा’ !

दीपक र दीपाको जोडी ‘पहिलो नम्बरमा’ !
मङ्लबार, साउन १५, २०७५

काठमाडौं । यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतमा झण्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

नेपाली चलचित्र इतिहासको सुपरहिट सिरिज ‘छक्का पञ्जा’ को तेस्रो शृंखला ‘छक्का पञ्जा ३’को सार्वजनिक गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । ‘पहिलो नम्बरमा’ बोलको गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ ।

गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइराला नाचेका छन् । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् ।

दीपाश्री निरौलाको निर्देशक फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ । दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ ।

पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् । आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।

निकै नै आकर्षक भिडियोमा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाग, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी भान्जाले कम्मर मर्काएका छन् ।