Thu Oct 6 2022
धार्मिक

धराैटी इजाजत रकम बढाएको भन्दै म्यानपावर व्यवसायी अान्दोलनमा

काठमाडौं । सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् ।

बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने निर्णय गर्ने तयारी भएको छ ।

लाइसेन्स बुझाएर म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । उनले ६ करोड रुपैयाँ धरौटी पुर्‍याइए म्यानपावर व्यवसाय नै ध्वस्त हुने दावी गरे । उनले सरकारी प्रस्तावको बिरोधमा कामदार विदेश पठाउन रोक्ने चेतावनी दिए ।

‘६ करोड धरौटी पुर्‍याउने प्रस्तावका विरुद्धमा म्यानपावर कम्पनी बन्द गरेर लाइसेन्स सरकारलाई नै बुझाउने तयारीमा छाैँ, भोलि नै यो निर्णय हुँदैछ’ गुरुङले भने,’श्रम मन्त्री वैदेशिक रोजगार व्यवस्थित गर्ने भन्दा पनि हाम्रो व्यवसाय ध्वस्त पार्न लाग्नु भएको भान हामीलाई भएको छ ।’