Mon May 23 2022
समाचार

बढुवा हुनकै लागि त्रिविका सहप्राध्यापक अरुको लेख चाेरेपछि…

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कन्हैया सापकोटाले बौद्धिक चोरी गरेको भेटिएको छ।

उनले नर्वेस्थित युनिभर्सिटी अफ बरगेन विश्वविद्यालयका भूगोल विभागका प्राध्यापक डा. योगराज गौतमको ‘सिजनल माइग्रेसन एन्ड लाइभलीहुड रिलायन्स इन द फेस अफ क्लाइमेट चेन्ज इन नेपाल’ नामको अनुसन्धानात्मक लेख सारेर आफ्नो नाममा छपाएको फेला परेको छ।

प्राडा गौतमको लेख माउन्टेन रिसर्च एन्ड डेभलपमेन्ट, ३७ (४) ४३६–४४५ मा प्रकाशित छ। उक्त लेखको केही अनुच्छेदबाहेक सहप्राध्यापक सापकोटाले सबै हुबहु सारेका छन्। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

यसअघि बौद्धिक चोरीको अारोप लागेका त्रिविका उपकुलपति तीर्थ खनियाँमाथि कारबाही नहुँदा यस्तो मनोबल बढेको विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन्।