Fri May 20 2022
देश

पर्यटन प्रवर्धनका लागि छोटा दुरीका रेल्व अध्ययन गर्न अर्थमन्त्रीको सुझाब

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन प्रवर्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने बताउनु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहिवार सिंहदरबारमा गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री खतिवडाले नागढुंगा–धुलिखेलको रेल सञ्चालनको योजना अघि सारेकोे भन्दै यस्तै प्रकारका ५० किलोमिटरसम्मको छोटो दुरीको रेल सेवाको अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले हवाई र सडक मार्गबाट पर्यटन भित्रिरहेको भन्दै अन्तरदेशीय रेल सेवा सुरु गर्न सके पर्यटकको संख्या निकै बढ्न सक्ने उल्लेख गर्नुभयो ।त्यस्तै उहाले नेपालको हवाई सेवाको गुणस्तरीयताको बृद्धिका साथै थप अन्तरदेशीय हवाईमार्गको पनि अध्ययन गर्न सुझाव दिनुभयो ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पर्यटन क्षेत्रको बिकासको योजना सबैको योजना भएकाले समृद्ध नेपाल निर्माणको महाअभियानमा कोही छुट्न नहुने बताउनुभयो । उहाँले तीनै तहको सरकार एकजुट भएर मुलुकको बिकासमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले मुलुकको पर्यटन प्रवद्र्धनका लागि योजना निर्माणका साथै प्रदेशका उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरुसंग छलफल गरेको हो ।