ध्रुव ढकाल । सुनसरी । सुनसरीकाे झुम्कामा नहरमा डुवेर एकै परिवारका २ जना वेपत्ता भएका छन् ।
प्रहरीका अनुसार नहरमा भाँडामाझ्ने क्रममा पानीले थाल वगाएपछि थाल टिप्न खोज्दा एकै परिवारका दिदी र भाइ वेपत्ता भएका हुन् ।
उनीहरूको खाेजी कार्य जारी छ । प्रहरी, नेपाली सेनाले पानी फाल्न दमकल प्रयाेग गरि खाेजीकार्य गरिरहेकाे छ ।