काठमाडाैं – राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ ।
पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।
त्यो एसएमएस ! अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ ।
फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो ।
अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो ।
सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो ।
उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो ।
अजय र गोपाल पेन्टरको काम गर्छन् भन्ने सुनेको हो । सोमबार बिहान उनीहरूलाई प्रहरीले लग्यो रे । अपहरण गरी बच्चा मारेछन् रे भन्ने पनि सुनें । उनीहरू सामान्य खालका केटा थिए । पहिले त्यस्तो बदमासी गरेको पनि केही सुनिएको थिएन ।
पेन्टका गोल्टिन बट्टामा कपडा पट्याएर राख्थे । पछि पो उनीहरू मुठभेडमा मरेको कुरा सुनें । उनीहरूको खुट्टामा चप्पल पनि देखें । घरबाट उनीहरूलाई लैजाँदा उनीहरूका खुट्टामा चप्पल नै थिएन । पछि कसले चप्पल लगाइदियो थाहा भएन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।