Sun May 22 2022
फिचर

प्रकाण्ड पक्राउको विरोधमा अान्दोलनको घोषणा

काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई विनाकारण पक्राउ गरिएको भन्दै आन्दोलनको घोषणा गरेको छ।

नेकपाले नेपाल बन्दसहित ६ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २५ गते देशव्यापी कोणसभा, साउन २६ गते विरोध सभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुुस तथा २९ र ३० गते नेपाल बन्दको घोषणा गरिएको महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केपी ओली नेतृत्वको सरकारलाई कायरतापूर्ण गिरफ्तारी बन्द गर्न आग्रह गर्दै विप्लवले प्रवक्ता विश्वकर्मासहित पक्राउ परेका तीनै जनालाई विनाशर्त रिहाइका लागि माग गरेका छन् ।