Tue May 17 2022
मुख्य खबर

निधिलाइ पार्टी जिम्मा लगाएर देउवा सिंगापुर प्रस्थान

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि साउन पहिलो साता सिंगापुर जान लागेका सभापति देउवाले जुम्लामा डा. गोबिन्द केसीको अनसनका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । देउवाको सिंगापुर बसाई एकसाता लामो हुने उनका स्वकीय सचिब भानु देउवाले जानकारी दिए ।

यसैबीच, सभापति देउवाले आफ्नो अनुपस्थितिमा पार्टी उपसभापति विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।